प्रभु लाइफको गल्कोट शाखाद्वारा बीमा दावी भुक्तानी
२८ जेष्ठ २०८०, आईतवार १०:३८
काठमाडौं । प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट शाखाले ताराखोला–५ रानीबासकी बीमित कलामति घर्तीलाई ५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो ।
कम्पनीका एजेन्सी म्यानेजर नवराज कुमालले जेठ २६ गते सो चेक हस्तान्तरण गर्दै लाबाङ प्राविका प्रध्यानाध्यापक पोक बहादुर घर्तीको स्वास्थ्य लाभाको कामना गर्नुका साथै, कम्पनीलाई धन्यवाद व्यक्त गरेका थिए ।
जीवन बीमाबारे गल्कोट शाखाका शाखा प्रमुख मीन बहादुर रोकाले प्रस्ट पारेका थिए । कार्यक्रममा लाबाङ प्राथमिक विद्यालयमा स्थानीयको व्यापक उपस्थिति रहेको गल्कोट शाखाले जनाएको छ ।