एशियाली बीमा सम्मेलन सम्पन्न, बीमाको अन्तराष्ट्रिय अभ्यास र उदयमान जोखिम रक्षावरण गर्न प्रयत्नशील छ: अध्यक्ष सिलवाल

२७ जेष्ठ २०८०, शनिबार १६:००

काठमाडौं। तीन दिने एशियाली बीमा सम्मेलन आज सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरुमा अभ्यास, अवसर र चुनौती, रिक्स वेस सुपरिवेक्षकको बारेमा छलफल गर्दै आज सम्मेलन भएको हो ।आज जीवन बीमा व्यवसायको अभ्यास अवसर र चुनौती विषयमा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेलले प्रस्तुती दिएका थिए ।

दोश्रो शत्रमा लैंगिक विभाजन टुल किटको उपादेयता, तेश्रो शत्रमा जोखिम आधारित नियमाकीय रुपरेखाको महत्वपूर्ण पाटो र केन्द्रित हुनुपर्ने पक्ष तथा जोखिममा आधारित नियामकीय रुपरेखामा नेपालको पहल विषयक प्रस्तुती दिएको थियो भने प्यानल डिस्कसन कार्यक्रम समेत आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

एशियाली बीमा कम्पनीहरुको नियामक निकायसँग भएको बैठकमा पश्चात् हिजो उद्घाटन भएको तीन दिने कार्यक्रम आज सम्पन्न भएको हो ।नेपाल बीमा प्राधिकरण (एनआईए) को आयोजनामा इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर (आईएआईएस), एसियाली विकास बैंक (एडीबी) र एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभ (एआईआई)को सहयोगमा जारी बीमा सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, जापानसहितका दुई दर्जन बढि देशबाट ५०० भन्दा बढि बीमा प्रतिनिधि, पर्यवेक्षक र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको उधेश्य उदयीमान जोखिमहरू बुझ्न, उदीयमान जोखिमहरू पहिचान गर्न, मूल्याङ्कन गर्न र न्यूनिकरण गर्ने प्रविधिहरू बुझ्ने, उदीयमान जोखिमहरूको प्रभावलाई न्यूनीकरण गर्न प्राविधिक क्षमताहरू निर्माण गर्न र आपसी समझदारी र सहयोगलाई सहज बनाउन उद्येश्यले आयोजना गरिएको कार्यक्रम आज सम्पन्न भएको हो ।

तीन दिने सेमिनारमा बीमा पर्यवेक्षकहरू, अन्तर्राष्ट्रिय र स्थानीय बीमाकर्ताहरू, पुनर्बीमाकर्ताहरू, ब्रोकर कम्पनी र उदीयमान जोखिमहरूको प्रभावको लागि सबैभन्दा जोखिममा रहेका अन्य सम्बन्धित क्षेत्रहरूका सम्बन्धमा बहुआयामिक छलफल गरिएको थियो ।

जलवायु परिवर्तनका असर र बीमा क्षेत्रमा परेको जोखिम, जोखिममा आधारित व्यवस्थातर्फ अघि बढ्ने, समावेशी बीमाको विकास, डिजिटल आविष्कार समावेश गर्ने, सूचाकांकमा आधारित बीमा कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।

सम्मेलनमा बीमा कम्पनीहरु, पुनर्बीमा, ब्रोकरेजलगायत अन्य सम्बन्धित क्षेत्रका करिब पाँच सय विदेशी तथा नेपालीको सहभागिता रहेको थियो ।सम्मेलनको समापन समारोहमा बोल्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनार्फत विभिन्न देशहरुबीचको बीमा गतिविधि एक अर्काले जान्ने अवसर पाएको र डिजिटल बीमा र जलवायु परिर्वतन र रिक्स वेस बीमाको बारे थप विस्तृत जानकारी आदनप्रादन गर्ने अवसर सबैले पाएकोमा खुसी व्यक्त गर्दै मायाको चिनो समेत कार्यक्रममा वितरण गरिएको थियो।

नेपाल बीमा प्राधिकरण अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्न र बीमा क्षेत्रमा उदीयमान जोखिमहरूलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न जोखिममा आधारित पुँजिकोष दृष्टिकोणतर्फ अघि बढिरहेको उनले बताए ।
उनले डिजिटलाइजेसनले बीमा उद्योगलाई प्रतिस्पर्धी फाइदा र थप विविधता प्रदान गर्न सक्ने र उपभोक्ताको पक्षमा अनुभव, आत्मविश्वास र वित्तीय समावेशीकरणमा सुधार भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*