यस वर्ष धितोपत्र बोर्डले गरेका विकास र सुधारका पक्षहरु यस्ता छन्

काठमाडौं । धितोपत्र बोर्डले आज ३१औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बोर्डले बार्षिकोत्सव कार्यक्रममा विशेषाङ्ग सार्वजनिक गर्दै एक आर्थिक वर्षसम्म गरेका विकास तथा सुधारका कार्यहरु सार्वजनिक गरेको छ ।
बोर्डले आगामी दिनमा विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने कार्यलाई थप निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।
बोर्डले सार्वजनिक गरेको कार्यहरु
१) वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत शेयर आरक्षणको व्यवस्था गरिएको छ । यस व्यवस्थाले देशको शोधान्तर स्थिति सबल बनाउँदै विदेशबाट बिप्रेषण औपचारिक वा बैधानिक माध्यमबाट भित्र्याउनलाई प्रात्साहन तथा सहयोग भई समग्र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । बोर्डबाट सार्वजनिक निष्काशनमा वैदेशिक रोजगारी गएका नेपालीहरुलाई आरक्षण गर्ने नीति कार्यान्वयनमा ल्याउने त्र mममा हालसम्म २४ वटा कम्पनीलाई ४७ लाख २६ हजार ४ सय २४ कित्ता शेयर ७२ करोड ५३ लाख ५३ हजार ८ सय ३५ रुपैयाँ बराबरको शेयरको आरक्षण सहित निष्काशन हुने गरी अनुमति प्रदान गरिएको छ ।
२) धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित बास्तविक क्षेत्रका संगठित संस्थालाई धितो पत्र बजारमा भित्र्याई राष्ट्रिय पुँजी निर्माण र परिचालनलाई सहजीकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार संचालन गर्न अनुमतिपत्र प्रदान गरी धितोपत्र बजारको सेवालाई विश्वसनीय तथा गुणस्तरीय प्रतिष्पर्धी हुने गरी विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न विद्यमान धितोपत्र बजार संचालन नियमावली, २०६४ मा दोस्रो संशोधन गरी बोर्डबाट धितोपत्र बजार संचालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस गर्ने सम्बन्धी निर्देशिकासमेत लागू गरी सिफारिस प्रदान गर्ने कार्य प्रकृयामा रहेको छ ।
३) वस्तु विनिमय बजार संचालनको लागि कम्पनी संस्थापना गर्नको लागि पूर्व स्वीकृति दिने प्रकृया अगाडि बढाईएको छ। वस्तु विनिमय बजार संचालनमा आए पश्चात् कृषि लगायत अन्य वस्तुहरुको एचष्अभ एकअयखभचथ मा सहयोग पुग्नुका साथै सरकारको राजस्वमा बृद्धि हुने, वस्तु उत्पादकलाई बजारसम्म पहुँच पुयाउन, मूल्य स्थिरता कायम गर्न, लगानीकर्ताहरुलाई लगानीको वैकल्पिक उपकरण उपलब्ध हुन्छ ।
४) धितोपत्र दलाल व्यवसायीलाई गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न निश्चित मापदण्ड पुर्याएका संस्था तथा कम्पनीलाई निश्चित समयावधि भित्र अनिवार्य अनुमतिपत्र दिने व्यवस्थासहित खुला प्रवेश तथा बर्हिगमन हुने गरी धितो पत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी नियमावली, २०६४ मा संशोधन गरी लागू गरिएको छ । सोही बमोजिम ४३ कम्पनीहरुलाई नियमावली बमोजिमको पूर्वाधार तयार गर्नका लागि पत्राचार गरिएकोमा आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई अनुमतिपत्र प्रदान गरिरहेको छ ।
५) स्वदेशी तथा विदेशी पुँजी मार्फत नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसाय संचालन गर्नका लागि प्राईभेट इक्विटी भेन्चर क्यापिटल फण्ड परिचालन गर्न बाह्र वटा कम्पनीहरूलाई कोष व्यवस्थापककको अनुमति प्रदान गरिएको छ । बोर्डबाट अनुमतिपत्र प्रदान भएसँगै विशिष्टीकृत कोष व्यवस्थापकबाट प्राप्त योजना मध्ये रु. ५ अर्बको योजना संचालनका लागि स्वीकृति प्रदान गरिएको छ ।
६) धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी – निर्देशिका, २०७९ मिति २०७२÷०७२४ गते देखि लागू गरिएको छ । उक्त निर्देशिका लागू भए पश्चात संगठित संस्था एक आपसमा गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी प्रक्रिया छिटो छरितो हुनुका साथै शेयर कारोबार रोक्का रहने अवधि कटौती भई लगानीकर्तालाइ कारोबार छिटो गर्न सकिने सुविधा प्राप्त भएको छ ।
७) बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी सुविधा उपलब्ध गराए बापत लिने सेवा शुल्कमा ९५ प्रतिशत, बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई बुझाउनु पर्नेमा शुल्कमा ८० प्रतिशत तथा धितोपत्रको केद्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत लिने सेवा शुल्कमा ५० प्रतिशत घटाईको । यसबाट सार्वजनिक निष्काशनमा लगानी गर्ने लगानीकर्ताहरुको लागत कमी हुन गई लगानी गर्न प्रोत्साहन हुने अवस्था आएको छ ।
८) साना तथा मझौला व्यवसायलाई धितोपत्र बजारमा प्रवेश गर्न छुट्टै एसएमईज प्ल्याटफर्म संचालनका लागि आवश्यक नियमावली तर्जूमा गरी स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश गरिएको छ । साना तथा मझौला व्यवसायलाई धितोपत्र बजार मा प्रवेश गर्न छुट्टै एसएमईज प्ल्याटफर्म संचालनका लागि आवश्यक नियमावली तर्जूमा गरी स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश गरिएको छ ।
९) धितोपत्र दोस्रो बजारमा गैरआवासिय नेपालीलाई भित्र्याउन आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्ने सम्बन्धमा अध्ययन गर्न एक समिति गठन भएको छ । ञ) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरीसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको सेयर संरचनाको विद्यामान अवस्था र सो को प्रभावका सम्बन्धमा अध्ययन गर्न एक समिति गठन भएको छ ।
१०) धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्ने सम्बन्धी कार्यलाई थप व्यवस्थित, पारदर्शी तथा सहज बनाउन यस सम्बन्धी निर्देशिका लागू गरी शाखा कार्यालय खोल्न स्वीकृति प्रदान गरिएको छ । हाल मूख्य कार्यालयका अतिरिक्त
९५ वटा शाखा कार्यालय मार्फत देशका मुख्य शहरहरुमा सेवा उपलब्ध भएको छ ।
(११) ब्राडेले वित्तीय साक्षरता, धितोपत्र बजार शिक्षा तथा सचेतनासम्बन्धमा विभिन्न प्रकाशन, रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम तथा देशका विभिन्न स्थानहरुमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।
(१२) धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत बनेका नियम, विनियम, निर्देशिका तथा निर्देशन पालना नगर्नेलाई ऐनको व्यवस्था बमोजिम कारवाही गर्दै आईरहेको । साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम भित्री कारोवार सम्बन्धी कसूरको सम्बन्धमा दुई जना व्यक्तिका विरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको ।