नेपाल बीमा प्राधिकरणले बीमा पुर्वाधार कोष स्थापना गर्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा पुर्वाधार कोषको स्थापना गर्ने भएको छ । प्राधिकरणले तयार पारेको बीमा विनियमावली २०८० मा यस्तो व्यवस्था गरेको हो ।
प्राधिकरणले आफु अन्तर्गतका शाखा कार्यालयको पुर्वाधार निर्माण तथा विकास गर्ने उदेश्यले बीमा पुर्वाधार कोषको स्थापना गर्न लागेको हो । तत्काल प्रचलित बीमा सम्बन्धि कानुन बमोजिम स्थापना भएको बीमा समितिको सञ्चित कोषको रकम नयाँ स्थापना हुने बीमा पुर्वाधार कोषमा सर्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वाणिज्य बैंकमा खाता खोलि एक बीमा पुर्वाधार कोषको रकम जम्मा गरिने व्यवस्था छ । एक बीमा पुर्वाधार कोषबाट आर्जित भएको ब्याजको रकम पनि सोहि कोषमा जम्मा गर्नुपर्ने बीमा विनियमावलीमा उल्लेख गरेको छ ।