बीमा कम्पनीको सिइओ नियुक्तिसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, नियुक्तिअगावै प्राधिकरणमा व्यवसायिक योजना पेश गर्नुपर्ने

२४ जेष्ठ २०८०, बुधबार १३:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० तयार पारेको छ । प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८० को मस्यौदामा कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि कडाई गरिएको छ ।

बीमा नियमावली २०८० को मस्यौदाअनुसार अब कुनै पनि बीमा कम्पनीले सिइओ नियुक्त गर्नुभन्दा २१ दिन अगावै त्यस्तो व्यक्तिसँग गरिएको करार तथा निजको योग्यता, अनुभव सम्बन्धी विवरण, निज अयोग्य नभएको प्रमाणपत्र र निजले तयार पारेको व्यवसायिक योजना प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

अब बीमा कम्पनीको सिइओ बन्न कुनै पनि ब्यक्तिले नियुक्त हुनुभन्दा अगावै बीमा कम्पनीको व्यवसायिक योजना तयार पारि प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै प्राधिकरणले विवरणको जाँचबुझ गर्दा उपयुक्त देखिएमा त्यस्तो व्यक्ति कार्यकारी प्रमुख रुपमा नियुक्त हुन योग्य भए १५ दिनभित्र सहमति दिनुपर्नेछ र अयोग्य भएको खण्डमा सोही अवधिभित्र कारण खोली बीमकलाई जानकारी गराउनुपर्नेछ ।

त्यस्तै, दफा ५७ को उपदफा (२) को प्रयोजनका लागि ऐन लागू हुँदाका बखत कार्यरत रहेको सिइओ उक्त कार्यकाल सकिएपश्चात पुनः एकपटक नियुक्त हुन सक्ने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*