सिटिजन्स बैंकले आफ्नो नामको ११ वटा बाइक बिक्री गर्दै

२४ जेष्ठ २०८०, बुधबार ११:१२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो नाममा रहेको ११ वटा सवारी साधनहरु बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वको विभिन्न शाखामा रहेका ११ वटा बाइक लिलाम गर्न लागेको हो ।

बैंकले सुर्खेत शाखा, भैसेपाटी शाखा र दमक शाखाको बजाज डिसकभर बिक्री गर्न लागेको हो । साथै विद्यापति चोक शाखाको यामाहा वाइबिआर, विद्यावपति चोक शाखाकै होन्डा युनिकर्न ड्याजलर, लुम्बिनी प्रादेशिक कार्यालयको बजाज डिशकभर, बर्दीबास शाखाको हिरो ग्ल्यामर, साउ फर्सतिकार शाखा र गौशाला शाखाको बजाज डिशकभर, सेमरा शाखाको होण्डा शाइन र कालिनका नगर शाखाको बजाज डिशकभर बाइक बिक्री गर्न लागेको हो ।

उक्त सम्पत्तिहरु खरिद गर्न चाहाने व्यक्ति तथा संघसंस्थाहरुले जेठ ३० गतेभित्र बैंकको केन्द्रीय कार्यालय सामान्य विभाग नारायणहिटिपथ, काठमाडौंमा प्राप्त हुनेगरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*