नेपाल लाइफ इन्स्योरेन्सको न्युरोड शाखा कार्यालय उद्घाटन

२२ जेष्ठ २०८०, सोमबार १६:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले जेठ २२ गते पोखराको न्यूरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको हो ।

कम्पनीका संस्थापक समूहतर्फको संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले संयुक्त रुपमा रिबन काटेर उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्त शाखा कार्यालयबाट कम्पनीले दिदै आइरहेको जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने कम्पनीका सिइओ पराजुलीले बताए । उक्त कार्यक्रममा कम्पनीका संचालक, सिइओ, अभिकर्ता तथा एजेन्सी म्यानेजर लगायत कर्मचारीहरु र स्थानीयको समेत उपस्थिति रहेको थियो ।

 

May be an image of 14 people, dais and text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*