राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले सिईओको कार्यलयमा कालोपट्टी बानेर दिए धर्ना
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले आफना माग सम्बोधन नभएपछि आन्दोलन थालेका छन्। बैंकिङ् सेवामा पूर्ण असर नगर्ने गरि आज सिइओको कार्यालयमा कालोपटी बानेर धर्ना दिएका थिए । पछिल्लो सात महिनादेखि आफुहरुको माग सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको संघले जनाएको छ।
पछिल्लो डेढ महिनादेखि माग पुरा होला भनेर बस्दा पनि मागको सम्बोधन नभएपछि आन्दोलन थालिएको हो। अहिलेलाई प्रमुख कार्यकारी अधिकृतको कार्यलयमा कालोपट्टी बानेर धर्ना दिने काम भएपनि माग सम्बोधन नभए कडा आन्दोलन जाने चेतावनी दिएको छ ।
ट्रेड युनियन ऐनका अनुसार तलब सुविधा तथा अन्य प्रशासनिक व्यवस्था हुनुपर्नेमा यस पटक सात महिना सकिदा पनि केहि सम्बोधन नभएको एक कर्मचारीले बताए।राष्ट्रिय बाणिज्य बैंकमा तीनवटा पार्टी निकट कर्मचारी संगठन सकृय रहेकोमा अहिले माओवादी केन्द्र निकट कर्मचारी सँस्थाले आन्दोलनको कार्यक्रम गरेको हो।
कर्मचारीको आन्दोलनले प्रमुख कार्यकारी अधिकृतसँग जोडिएका महत्त्वपूर्ण आर्थिक, प्रशासनिक तथा दैनिक कामहरु प्रभावित भएको छ।हाल बैंकिङ् सेवामा कुनै अवरोध पुराएका छैनौं, व्यवस्थापन समूहमा धर्ना मात्रै दिएको हो, काममा अवरोध नपुग्ने गरि सीईओको कार्यालय घेराउ गरेको ती कर्मचारीले बताए ।
आज बिहान १० देखि २ बजेसम्म सीईओ कार्यालय घेराउ गरिएको थियो । कर्मचारी युनियनले राखेको माग पुरा नभए आन्दोलन थप सशक्त रुपबाट अघि बढ्ने बैंकका आन्दोलनमा रहेका कर्मचारीहरुको धारणा रहेको छ।
राष्ट्रिय वाणिज्य बैंकमा तीनवटा कर्मचारी संंगठन सक्रिय रहेकोमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले आन्दोलन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेकपा माओवादी केन्द्र निकट कर्मचारीको संस्था हो । सो संगठनको १९ जनाको सचिवालय छ ।