वैशाखमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३५ प्रतिशतले घट्यो, मर्ज भएका साविक अजोड र युनाइटेडको मात्रै देखियो प्रगति
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै २ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीहरुले वैशाखमा २ अर्बमाथिको खुद बीमा शुल्क आर्जन गरेको हुन् ।
१५ निर्जीवन बीमा कम्पनीले वैशाखमा संकलन गरेको यो प्रिमियम चैत महिनाको तुलनामा ३५.४२ प्रतिशतले कम हो । चैत महिनामा कम्पनीहरुले ४ अर्ब १४ करोडमाथिको प्रिमियम कलेक्सन गरेका थिए ।
चैत महिनाको तुलनामा वैशाखमा साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बाहेकका सबै कम्पनीको बिजनेश खस्किएको छ । वैशाखमा सबैभन्दा बढी बिजनेश भित्र्याउने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले वैशाखमा २९ करोड ७० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।
त्यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्सले २७ करोड २० लाख र अजोड इन्स्योरेन्सले २६ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, चैत महिनाको तुलनामा वैशाखमा साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बाहेकका सबै कम्पनीको बिजनेश भने खस्किएको छ । साविक अजोड इन्स्योरेन्सको व्यापार वैशाख महिनामा २९.६८ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ब्यापार २० प्रतिशतले बढेको छ भने सर्वाधिक राष्ट्रिय बीमा कम्पनीको ब्यापार ८३.८७ प्रतिशतले घटेको छ ।