नेशनल लाइफमा सिद्धेश्वर कुमारको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?

२१ जेष्ठ २०८०, आईतवार ११:३५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कुल संस्थापक समूहतर्फको ५५ प्रतिशत र सर्वसाधारणतर्फ ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । संस्थापकसमूतर्फ कुल २ करोड २१ लाख ९३ हजार ३७० कित्ता र सर्वसाधारण समूहतर्फ १ करोड ८१ लाख ५८ हजार २१२ कित्ता गरी कुल ४ करोड ३ लाख ५१ हजार ५८२ कित्ता शेयर लगानी रहेको छ ।

कम्पनीमा एक प्रतिशत भन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरुको संख्या ११ रहेको छ । नेशनल लाइफमा सबैभन्दा बढी सिद्धेश्वर कुमार सिंह को १०.३२ प्रतिशत शेयर स्वामित्व रहेको छ । सिंहको कुल ४१ लाख ६३ हजार ५०१ कित्ता शेयर स्वामित्वमा रहेको छ ।

साथै राष्ट्रिय वाणिज्य बैंकको कुल ४० लाख ८२ हजार ९९८ कित्ता वा १०.१२ प्रतिशत कम्पनीमा लगानी रहेको छ । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको कुल ४.७७ प्रतिशत अर्थात् १९ लाख २३ हजार ४०४ कित्ता र राना बहादुर शाहको ५.४४ प्रतिशत अर्थात् २१ लाख ९४ हजार २७६ कित्ता शेयर स्वामित्वमा रहेको छ ।

त्यस्तै, रिता मल्लको ४.११ प्रतिशत, कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मीको ३.५३ प्रतिशत, इश्वरी प्रसाद रिमालको २.०९ प्रतिशत, स्लिकोट लिमिटेडको १.३३ प्रतिशत, राजीव बिक्रम शाहको १.५३ प्रतिशत, भरत बहादुर बस्नेतको १.१४ प्रतिशत र जय राज्य लक्ष्मी शाहको १.११ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*