नेपाल टेलिकमको पोस्टपेड अफरः ६ सय ३६ रुपैयाँमा अनलिमिटेड कल

१९ जेष्ठ २०८०, शुक्रबार १७:०२

काठमाडौं । नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज अझै सुविधायुक्त बनेको छ ।

टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफरअन्तर्गत ६ सय ३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा सय मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १ सय ५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।

त्यसैगरी यसअन्तर्गत पहिले प्रत्येक दिन ३ सय एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुनेछ । पहिले त्यो ३ सय एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्ने छन् ।

सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२# डायल गर्नुपर्ने छ । साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेन्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ  ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*