राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको म्यादी बीमा रिलायबल नेपाल लाइफमा
१९ जेष्ठ २०८०, शुक्रबार १६:३७
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको रिलायबल म्यादी जीवन बीमा गरेको छ । कम्पनीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीहरुको बीमा गरेको हो ।
उक्त बीमा हस्तानतरण कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरु लाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहान गर्ने र यस्तो कार्यमा सहभागी हुदा गर्व महशुस भएको कुरा व्यक्त गरेका थिए ।
कम्पनीले “जीवन बीमा जरुरी छ” भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान बनाएको छ ।