साताको शेयर बजारमा बीमाः जीवन बीमामा एलआईसी, नेपाल लाइफ, निर्जीवनमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा उच्च

१९ जेष्ठ २०८०, शुक्रबार १६:३२

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटको प्रभाव पुँजी बजारमा देखिएको छ । यो साताको बजारको रेखाले सपष्ट देख्न सकिन्छ । बिहिबार बढेको शेयर बजारले निर्जिवन बीमाको क्षेत्रको सकारात्मक सुधार देखिएको छ ।

साताको अन्तिम दिन बिहिबार सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ । साताको अन्तिम कारोबारको दिन २ सय ७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ।

साताको  अन्तिम कारोबारको दिन शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा बजार बन्द भएको छ।कारोबारको अन्तिम दिनमा लाइफ इन्स्योरेन्सको उपसूचक  ०.९२ प्रतिशतले अर्थात ८५.६५ अंकले बढेर ९४२२ को बिन्दुमा कायम भएको छ ।

त्यस्तै, अन्तिम कारोबारमा निर्जिवन बीमाको उपसूचक  १.९३ प्रतिशतले अर्थात १६९.३९ को अंकले बढेर ८९६२.५१ को बिन्दुमा कायम भएको छ ।

कारोबारको अन्तिम दिन जीवन बीमा कम्पनीहरु मध्ये सुर्य ज्योति लाइफको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २.२६ प्रतिशतले बढेर ४३४.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

दोस्रो नम्बरमा सानिमा रिलायन्स लाइफको शेयरमूल्य बढेको छ । कम्पनीको साताको अन्तिम कारोबार १.९५ प्रतिशतले बढेर ३९७.७० रुपैयाँ रहेको छ ।

तेस्रो नम्बरमा एशियन लाइफको रहेको छ । कम्पनीको साताको अन्तिम दिनको कारोबार १.७१ प्रतिशतले बढेर ५६०.५० रुपैयाँमा भएको छ ।

साता कारोबारको अन्तिम दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को १.०२ प्रतिशतले बढेर १२८५ रुपैयाँ, नेशनल लाइफको ०.९० प्रतिशतले बढेर ५६० रुपैयाँमा र प्रभु इन्स्योरेन्सको ०.७५ प्रतिशतले बढेर ४०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बिहीबार शेयर बजारमा कारोबार भएका जीवन बीमा कम्पनीहरुको दाजोमा नेपाल लाइफको शेयरमूल्य कम प्रतिशतले बढेको छ । कम्पनीको अन्तिम कारोबार ०.३१ प्रतिशत अर्थात २ रुपैयाँले बढेर ६५२ रुपैयाँमा भएको छ ।

शेयरमूल्यको आधारमा

शेयरमूल्यको आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य सबैभन्दा बढी रहेको छ । साता कारोबारको अन्तिम दिन कम्पनीको कारोबार १२८५ रुपैयाँमा भएको छ ।

दोस्रो नम्बरमा नेपाल लाइफको शेयरमूल्य रहेको छ । साता कारोबारको अन्तिम दिन कम्पनीको कारोबार ६५२ रुपैयाँमा भएको छ ।

तेस्रो नम्बरमा एशियन लाइफ रहेको छ । साता कारोबारको अन्तिम कम्पनीको शेयरमूल्य ५६०.५० रुपैयाँ रहेको छ ।

साता कारोबारको अन्तिम दिन नेशनल लाइफको शेयरमूल्य ५६० रुपैयाँ, सूर्यज्योति लाइफको ४३४.६० रुपैयाँ, प्रभु लाइफको ४०४ रुपैयाँ र सानिमा रिलायन्स लाइफको ३९७.७० रुपैयाँमा कारोबार भएको छ ।

साता कारोबारको अन्तिम दिन शेयर बजारमा नौ  कम्पनीको कारोबार भएको छ ।

कारोबारको अन्तिम शाता निर्जीवन बीमा कम्पनीपहरु मध्ये सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । शेयर बजारमा कम्पनीको अन्तिम कारोबार ४.६ प्रतिशतले बढेर १३ हजार ८८७ रुपैयाँमा भएको छ ।

दोस्रो नम्बरमा नेपाल इन्सोेरेन्स कम्पनीको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ३.६२ प्रतिशतले बढेर ५७२ रुपैयाँमा साताको अन्तिम कारोबार भएको छ ।

तेस्रो नम्बरमा सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । कम्पनीको साताको अन्तिम कारोबार २.७४ प्रतिशतले बढेर ४५० रुपैयाँमा कारोबार भएको छ ।

साता कारोबारको अन्तिम दिन एनएलजि इन्स्योरेन्सको १.८२ प्रतिशतले बढेर ६१४ रुपैयाँमा, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.७७ प्रतिशतले बढेर ४६१ रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.४७ प्रतिशतले बढेर ६१४ रुपैयाँ, नेको इन्स्योरेन्सको १.०५ प्रतिशले बढेर ७४३.८० रुपैयाँमा र शिखर इन्स्योरेन्सको ०.८५ प्रतिशतले बढेर ७१६ रुपैयाँमा किनबेच भएको छ ।

साताको अन्तिम कारोबारमा सबैभन्दा कम प्रभु इन्स्योरेन्सको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ०.५ प्रतिशतले बढेर ४८० रुपैयाँमा कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*