युनाइटेड अजोड इन्स्योरेन्सको नयाँ संचालक समिति गठन

१९ जेष्ठ २०८०, शुक्रबार ११:३९

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ ।

कम्पनीले साविकको युनाइटेड इन्स्योरेन्सको संचालक समितिको निर्णयले संस्थापक समुहबाट संचालक प्रणव कुमार दास, संचालक बलराम खनाल र सर्बसधारण शेयरधनी समुहबाट विलसन मान रंजित र साविकको अजोड इन्स्योरेन्स लिमिटेडको संचालक समितिको निर्णयले संस्थापक समुहबाट आजाद श्रेष्ठ, संचालक उपरथी राम बहादुर गुरुङ्ग र सर्वसाधारण शेयरधनी समुहबाट पानु दत्त पौडेललाई संचालकमा नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिहरुबाट सिफारिस भई आए बमोजिम जेठ १४ गते बसेको कम्पनीको प्रथम संचालक समितिको बैठकको निर्णयले नयाँ संचालक समिति गठन गरेको हो ।

united ajod director

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*