ग्लोबल आइएमएमई क्यापिटलद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

१८ जेष्ठ २०८०, बिहीबार ११:५९

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको जेठ १४ गते बसेको संचालक समितिको निर्णयले सभा असार ३ गते बस्ने भएको हो । सभा विहान ९ बजे कम्पनीको रजिष्टर्डको कार्यालय नक्साल, काठमाडौंमा आयोजना गरिएको छ ।

सभाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिओके क्यापिटल मार्केट लिमिटेड ( गाभिने।लक्षित संस्था) लाई गाभ्ने । प्राप्ति गर्ने सम्बन्धमा कम्पनीको सञ्चालक समितिद्वारा नियुक्त सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्याङ्कनकर्ताको नियुक्ती तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिवेदन तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरुलाई पारित गर्ने छ ।

सभाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिओके क्यापिटल मार्केट लिमिटेडलाई गाभ्ने प्राप्ति गर्ने प्रयोजनको लागि नियुक्त मुल्याङ्कनकर्ता एसआर पाण्डे एण्ड चार्टेट अकाउन्टेन्ट्सबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोवारको मुल्याइन प्रतिवेदन बमोजिम सिफारिस गरिएको आधारमा सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १०० ः ५३.१७ (अर्थात बिओके क्यापिटल मार्केट लिमिटेडको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटल लिमिटेडको ०.५३ शेयर प्रदान गर्ने) को आधारमा बिओके क्यापिटल मार्केट लिमिटेड ( गाभिने । लक्षित संस्था) लाई गाभ्ने प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले विशेष प्रस्ताव नं. २ बमोजिम बिओके क्यापिटल मार्केट लिमिटेडलाई गाभ्ने प्राप्ति गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफा  नियमहरुमा हुने संशोधन पारित गर्नेछ ।

सभाले बिओके क्यापिटल मार्केट लिमिटेडलाई गाभ्ने प्राप्ति गर्ने प्रक्रियामा नेपाल धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयमा अन्तिम स्वीकृतिको लागि निवेदन दिने र अन्य सम्पूर्ण आवश्यक कार्यहरु निर्वाध रुपमा सम्पन्न गर्न गराउन एवं कम्पनीको प्रबन्धपत्र तथा नियामवली संशोधनको क्रममा नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायको स्वीकृति लिने अभिलेख गर्न क्रममा भए गरेका काम कारवाही वा पूँजी संरचना वा प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम संशोधन परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*