लगानीकर्तालाई सामान्य मलपट्टी दिनुको सट्टामा थप घाउ दिने काम भयो: राधा पोखरेल

१६ जेष्ठ २०८०, मंगलवार १३:३५

काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजेटले सामान्य मलपट्टी पनि नलगाई, थप घाउ दिने काम भएको बताएकि छिन् । बजेटमार्फत आम लगानीकर्ताले सकारात्मक आश गरेका थियो ।तर बजेटको केही बुँदाहरुहरु लगानीकर्ताको हित विपरित आएका भएको भन्दै गुनासो गरेकि छिन् ।

हिजो (सोमबार) सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपश्चात् उनले यस्तो प्रतिक्रिया जनाएकी हुन् ।

बजेटमा पुरानै कुराहरु दोहरीएका छन् ।  छन् । बजेटमार्फत केही सकारात्मक आश बोकेका लगानीकर्ताहरुलाई यस बर्ष बजेटले निराश पारेको उनको धारणा रहेको छ । बजेटमा समावेश भएको एक बुँदाको कारण आज शेयर बजार ४९।११ प्रतिशतले ओरालो लागेको छ । बजेट पुँजीबजारलाई लिएर खासै सम्बोधन नभएपछि सेयर बजार नकारात्मक प्रभाव परेको उनले बताईन् ।

सरकारले बजेटमार्फत एफपीओ जारी गर्दा प्राप्त प्रिमियम तथा मर्जर र एक्विजिसनका क्रममा प्राप्त हुने बार्गेन गर्नेलाई बोनस सेयरका रुपमा वितरण गर्दा कर लाग्ने गरेको व्यवस्था गरेको छ। यसमा हामी आम लगानीकर्ताको विरोध छ, उनले भनिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*