आइएमई लाइफ इन्स्योरेन्सको सरल जीवन बीमा योजनामा बीमितको आकर्षण बढ्दै
१६ जेष्ठ २०८०, मंगलवार १२:४१
काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सको सरल जीवन बीमा योजनामा बीमितको आकर्षण बढ्दै गएको देखिन्छ । बजारमा पाईने पोलिसी भन्दा केही फरक र आकर्षण योजना सहित ल्याएको यस बीमा योजनामा बीमितहरु आकर्षणभएको देखिन्छ । विभिन्न आकर्षण सेवा सुविधा समावेश रहेको सो योजनाप्रति बीमितहरु सकरात्मक रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको सो योजनामा बीमा अवधि पूरा भएपछि बीमाङ्क र बोनस प्राप्त हुनेछ । यसका साथै, बीमालेख धितोमा कर्जा सुविधा प्राप्त गर्न सकिने, आयकर छुट सम्बन्धि लाभ लिन सकिने लगायतका सेवा सुविधा रहेका छन् ।
उक्त जीवन बीमा योजना १६ वर्ष पुगेपछि सबैकालागि उपयुक्त रहेको कम्पनीको दावी रहेको छ । कम्पनीका अनुसार यस बीमा योजनामा ग्राहकहरुको सकारात्मक प्रतिकिया आईरहेको छ।