महुली लघुवित्तको ५ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य २६४ रुपैयाँ
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको ५ हजार १८३ कित्ता शेयर बिक्री गर्नको लागि निवेदन दिएबमोजिम संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य २६४ रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले जेठ २३ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर नेपाल, थापाथली–११ काठमाडौंमा गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् । आवेकदले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।