कुमारी बैंकको शेयर बिक्रीमा, न्युनतम १२१ रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने

१६ जेष्ठ २०८०, मंगलवार ०९:५४

काठमाण्डौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १२१ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

सेयर खरिदका लागि यही जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा पेस गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*