ज्ञानेन्द्र शाहीले भने, ‘बजेट सकारात्मक छ, प्रतिपक्षमा भएर पनि बजेटको विरोध गर्ने ठाउँ छैन’

१५ जेष्ठ २०८०, सोमबार १९:३५

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बजेट देशको संकटपूर्ण आर्थिक अवस्थामा आएको बजेटको विरोध गर्ने ठाउँ नभएको प्रतिक्रिया दिएका छन् । आज संसद भवनबाट बाहिरिने क्रममा उनले समग्रमा बजेट राम्रो आएको प्रतिक्रिया दिए । बजेटमा कृषि उत्पादन विदेशबाट आउने व्यवस्था रोक्नुपर्ने कुरा नआएको बताए ।

उनले जुम्मा ९ वटा आयोजनाका लागि बजेट छुट्याइएको र आम जनतालाई केही राहत दिने हिसाबले बजेट आएको प्रतिक्रिया दिएका छन् ।
सांसद ज्ञानेन्द्र शाहीले बजेटको कार्यान्वयन इमान्दार हुनुपर्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*