गाँजा खेतीमा सरकार नरम, सम्भाव्यता अध्ययन गर्ने बजेटमा समेटियो

१५ जेष्ठ २०८०, सोमबार १७:५१

काठमाडौं । नेपालमा केही वर्षदेखि उठ्दै आएको गाँजा खेतीको मागलाई सरकारले सम्बोधन गर्ने भएको छ । आगामी आवको बजेटमा सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।

औषधीजन्य प्रयोगका लागि गाँजा खेतीको वैधानिक उत्पादन गर्न माग हुँदै आएको थियो । यसअघि संसदमा हिमाली क्षेत्र हुम्लाका सांसद छिरिङ डम्दुल लामा (कार्चेन) लगायतका सांसदहरुले संसदमा माग गरेका थिए भने पूर्व सचिव भिम उपाध्यायले विगत तीन वर्षदेखि आयुर्वेदिक तथा औषधी प्रयोगका लागि गाँजा खेती लागि वैधानिकता दिन माग गर्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*