राजश्व संरचनामा परिवर्तन गर्न चूनौतीपूर्ण छ : अर्थमन्त्री महत

१५ जेष्ठ २०८०, सोमबार १६:४०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अप्रत्यक्ष एवं आयातमा आधारित राजश्वलाई क्रमशः प्रत्यक्ष एवं आन्तरिक उत्पादनमा आधारित बनाई राजश्व संरचनामा परिवर्तन गर्न चूनौतीपूर्ण रहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा बोल्दै अर्थमन्त्री महतले चालु आवको राजश्व संकलन लक्ष्य भन्दा कम भएको बताएका हुन् ।
साथै अर्थमन्त्री महतले राजश्व प्रणालीमा सुधार, चुहावट नियन्त्रण र करको दायरा विस्तार गरी राजश्व परिचालन बृद्धि गर्नुपर्ने आवश्यक रहेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*