मापदण्ड पुरा नगरी बीमा कम्पनीलाई शाखा खोल्ने अनुमति पनि दिन्नः अध्यक्ष सिलवाल

१५ जेष्ठ २०८०, सोमबार १०:२९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई अब उप्रान्त मापदण्ड पुरा नगरी शाखा खोल्ने अनुमति पनि नदिने बताएका छन् । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले अब बीमितहरुको विश्वास बढाउने गरी काम गर्नुपर्ने बताए ।

उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीति ल्याएको उनले बताए । मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न अध्यक्ष सिलवालले सुझाए ।

साथै बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमा थप सुविधा के दिन सकिन्छ खोज्न पनि उनले सल्लाह दिए । त्यस्तै, निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा अध्यक्ष सिलवालको जोड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*