बोनस शेयर वितरणपछि नेशनल लाइफ र प्रभु लाइफको आजदेखि कतिमा खुल्दैछ, कारोबार ?

१४ जेष्ठ २०८०, आईतवार १०:३२

काठमाडौं । दुई जीवन बीमा कम्पनीले आ–आफ्ना शेयरधनीहरुलाई बोनस शेयर वितरणपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

बिहिबार शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम नेशनल लाइफको शेयरमूल्य ६४९ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले ८ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६०१ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

त्यस्तै, प्रभु लाइफको ४७० रुपैयाँका आधारमा नेप्सेले ९.८० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ४२८ रुपैयाँ ५ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आज यी दुई जीवन बीमा कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*