पिपुल्स हाइड्रोपवारको वार्षिक साधारण सभा असार ४ मा, कहिले हुदैछ बुकक्लोज ?

१४ जेष्ठ २०८०, आईतवार १०:०४

काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार ४ गते काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आह्वान गरेको हो । सभा बिहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्तापुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

कम्पनीमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ २४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*