अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि ‘युनाइटेड अजोड’को नामबाट एकीकृत कारोबार सुरु गर्ने, दुबैको शेयर कारोबार रोक्का रहने
काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडले जेठ १४ गतेदखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भई जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।
नेपाल बीमा प्राधिकरणको जेठ २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ ८ गते दुबै कम्पनी एकआपसमा गाभ्ने, गाभिने प्रयोजनका लागि नाम परिवर्तन तथा पुँजी बृद्धि सहितको प्रबन्धपत्र, नियमावली संशोधन अभिलेखिकरण भई नेपाल धितोपत्र बोर्डबाट जेठ ९ गते अन्तिम स्वीकृति प्राप्त भई यी दुर्य कम्पनीले ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
साथै यी दुबै कम्पनीले सो मितिदेखि निर्जीवन बीमा ब्यवसाय एकीकृत कारोबार गर्न लागेको हुँदा नेप्सेसमक्ष दुबैको शेयर कारोबार रोक्का राख्न समेत अनुरोध गरेका छन् ।