नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत
१० जेष्ठ २०८०, बुधबार १२:३६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
छिमेक लघुवित्तको २२ प्रतिशत दरका कुल ५१ लाख १३ हजार २० कित्ता र युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।