जीवन र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले एक अर्ब पाँच करोड बोनस पाउने, कुन कम्पनीका कर्मचारीको बोनस व्यवस्था कस्तो ?

१० जेष्ठ २०८०, बुधबार ०९:२९

काठमाडौं । बीमा व्यवसायको विस्तार र समृद्धिमा कर्मचारीहरुको विशेष हात हुने गर्दछ । त्यसैले बीमा कम्पनीहरुले कर्मचारीहरुलाई करोडौं रुपैयाँ बोनस व्यवस्था गरेका हुन्छन् । चालु आवको तेस्रो त्रैमाससम्ममा नेपालका जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले एक अर्बभन्दा बढि बोनस पाउने भएका छन् । चालु आवको अन्त्यसम्ममा पुग्दा यस्तो रकम अझै बृद्धि भई एक अर्ब ३० करोड नाघ्ने देखिएको छ ।

तेस्रो त्रैमासको अवधीसम्ममा जीवन बीमा भन्दा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले धेरै बोनस पाउने भएका छन् । हाल मर्जर भई बनेका १५ वटा निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुका लागि ६३ करोड ६२ लाख रुपैयाँ बोनसका लागि छुट्टयाएको छ भने जीवन बीमा कम्पनीहरुले ४१ करोड ६० लाख कर्मचारीहरुका लागि बोनस व्यवस्था गरेको छ ।

१६ निर्जीजन बीमा कम्पनीहरुले प्रकाशित गरको वित्तीय विवरण अनुसार कर्मचारी बोनस व्यवस्था गत आर्थिक वर्षको तुलनामा २३ दशमलव ३९ प्रतिशतले बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिसम्ममा कुल ५१ करोड ५५ लाख रुपैयाँ कर्मचारी बोनश ब्यवस्था गरेका थिए । चालु आर्थिक वर्षको नौ महिनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी कर्मचारी वोनश व्यवस्था गरेको छ । यस अवधिसम्ममा कम्पनीको बोनस व्यवस्था १०२ दशमलव ४३ प्रतिशतले बढेर ६ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो नम्बरमा साविक सिद्धार्थ इन्स्योरेन्सले कर्मचारी बोनस व्यवस्था गरेको देखिएको छ । यस अवधिसम्ममा कम्पनीको कर्मचारी बोनस व्यवस्था ११५ प्रतिशतले बढेर ६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

तेस्रो नम्बरमा ओरियन्टल इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले ६ करोड २२ लाख रुपैयाँ कर्मचारी बोनस ब्यवस्था गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सले ५ करोड ६६ लाख रुपैयाँ, शिखर इन्स्यारेन्सले ४ करोड ९० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्यारेन्सले ४ करोड ६८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ, प्रिमियर इन्स्यारेन्सले ४ करोड १९ रुपैयाँ कर्मचारी बोनस व्यवस्था गरेको छ । अन्य कम्पनीहरुले ४ करोड भन्दा कम कर्मचारी बोनस व्यवस्था गरेको छ ।
समिक्षा अवधिसम्मा साविक प्रुडेन्सियल इन्स्यारेन्सले सबैभन्दा कम कर्मचारी बोनस व्यवस्था गरेको प्रकाशित विवरणले देखाएको छ । यस अवधिमा कम्पनीले १ करोड ५९ लाख रुपैयाँ कर्मचारी बोनस व्यवस्था गरेको छ ।

बृद्धिदरका आधारमा
चालु आर्थिक वर्षको नौ महिनामा वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरु मध्ये १२ कम्पनीहरुको कर्मचारी बोनस व्यवस्था बढेको छ भने अन्य ४ कम्पनीको घटेको छ
यस अवधिसम्ममा साविक सिद्धार्थ इन्स्योरेन्सको कर्मचारी बोनस सबैभन्दा बढी प्रतिशतले बढेको छ । यस अवधिसम्ममा कम्पनीको कर्मचारी बोनस व्यवस्था ११५ दशमलव ४७ प्रतिशतले बढेको छ ।

दोस्रो नम्बरमा रहेको सानिमा जिआइसी इन्स्योरेन्सको १०३ दशमलव ४ प्रतिशतले बढेको छ । तेस्रो नम्बरमा रहेको राष्ट्रिय बीमा कम्पनीको १०२ दशमलव ४३ प्रतिशतले कर्मचारी बोनस व्यवस्था बढेको छ ।

समिक्षा अवधिसम्मा प्रभु इन्स्योरेन्सको सो व्यवस्था सबैभन्दा कम प्रतिशतले बढेको छ । यस अवधिसम्ममा कम्पनीको कर्मचारी बोनस व्यवस्था ४ दशमलव ९४ प्रतिशतले मात्र बढेको प्रकाशित विवरणले देखाएको छ ।

कर्मचारी बोनस व्यवस्था घटेका कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सर्वाधिक घटेको छ । यस अवधिसम्ममा कम्पनीको कर्मचारी बोनस व्यवस्था २८ दशमलव ८८ प्रतिशतले घटेको छ ।

यसका साथै, साविक आइएमई जनरलको ७ दशमलव २६ प्रतिशत, शिखर इन्स्योरेन्सको ६ दशमलव ५२ प्रतिशतले कर्मचारी बोनस व्यवस्था घटेको छ ।
समिक्षा अवधिसम्ममा साविक प्रुडेन्सियल इन्स्योरेन्सको कर्मचारी बोनस व्यवस्था सबैभन्दा कम प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको कर्मचारी बोनस व्यवस्था १ दशमलव ८४ प्रतिशतलले घटेको छ ।

जीवन बीमा कम्पनीहरुमा कर्मचारी बोनस व्यवस्था
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले कुल ४१ करोड ६० लाख ६४ हजार रुपैयाँ कर्मचारी बोनस व्यवस्था गरेका छन् । वित्तीय विवरण प्रकाशित गरेका १६ जीवन बीमा कम्पनीहरुको कर्मचारी वोनस व्यवस्था ६० प्रतिशतले बढेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले औल्याएको छ ।
गत आर्थिक वर्षको सोहि अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले २६ करोड रुपैयाँ कर्मचारी बोनस ब्यबस्था गरेका थिए ।

चालु आवको नौ महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी कर्मचारी बोनस ब्यबस्था गरेको छ । यस अवधिसम्ममा कम्पनीले ६ करोड २९ लाख रुपैयाँ कर्मचारी बोनस व्यवस्था गरेको छ । दोस्रो नम्बरमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५ करोड ९३ लाख रुपैयाँ कर्मचारी बोनस व्यवस्था गरेको छ ।
तेस्रो नम्बरमा रहेको नेशनल लाइफले ३ करोड ८० लाख रुपैयाँ कर्मचारी बोनस ब्यवस्था गरेको छ ।

त्यस्तै, समिक्षा अवधिमा मेट लाइफले २ करोड ८९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ करोड ८५ लाख रुपैयाँ, सुुर्यज्योति लाइफले २ करोड ८१ लाख रुपैयाँ, प्राइम लाइफले २ करोड ३३ लाख रुपैयाँ, एशियन लाइफले २ करोड १६ लाख रुपैयाँ कर्मचारी बोनस ब्यवस्था गरेको छ ।

त्यस्तै, आइएमई लाइफले २ करोड २ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ करोड ७८ लाख रुपैयाँ, सिटिजन लाइफले १ करोड ६६ लाख रुपैयाँ, साविकको गुराँस लाइफले १ करोड ६१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ करोड ५९ लाख रुपैयाँ, प्रभु लाइफले १ करोड ४७ लाख रुपैयाँ, युनियन लाइफले १ करोड २९ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ९८ लाख रुपैयाँ कर्मचारी बोनस व्यवस्था गरेको छ ।

चालु आवको नौ महिनासम्ममा राष्ट्रिय बीमा संस्थानको कर्मचारी बोनस ब्यवस्था सबैभन्दा कम रहेको छ । यस अवधिसम्ममा संस्थानले ६ लाख ४८ हजार रुपैयाँ कर्मचारी वोनस ब्यबस्था गरेको छ ।

बृद्धिदरका आधारमा
यस अवधिसम्ममा युनियन लाइफको कर्मचारी बोनस व्यवस्था सबैभन्दा बढी प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको कर्मचारी बोनस ब्यवस्था ३७५ प्रतिशतले बढेको छ ।
दोस्रो नम्बरमा सन नेपाल लाइफको २७२ प्रतिशतले बढेको छ । तेस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको १७१ प्रतिशतले बढेको छ । यसका साथै, यस अवधिसम्ममा आइएमई लाइफको ७३ प्रतिशतले, रिलायबल नेपाल लाइफको ३५ प्रतिशतले, प्रभु लाइफको ३० प्रतिशतले कर्मचारी बोनस ब्यवस्था बढेको छ । अन्य वित्तीय विवरण प्रकाशित गरेका कम्पनीको कर्मचारी बोनस व्यवस्था ३० प्रतिशत भन्दा कम रहेको छ ।

समिक्षा अवधिसम्ममा सिटिजन लाइफ इन्स्योरेन्सको कर्मचारी बोनस व्यवस्था सबैभन्दा कम प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको सो व्यवस्था २ दशमलव ६० प्रतिशतले बढेको छ ।

चालु आवको नौ महिनामा २ कम्पनीको मात्र कर्मचारी बोनस व्यवस्था घटेको छ । यस अवधिमा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थानको कर्मचारी बोनस व्यवस्था ८३ प्रतिशतले घटेको छ ।

दोस्रो नम्बरमा सूूर्यज्योति लाइफको कर्मचारी बोनस व्यवस्था घटेको छ । यस अवधिसम्ममा कम्पनीको कर्मचारी बोनस ब्यबस्था २९ दशमलव १२ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*