युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकीकृत कारोबार जेठ १४ गते, अध्यक्ष अजद श्रेष्ठ, सिईओ श्रवण रावल

९ जेष्ठ २०८०, मंगलवार १८:५४

काठमाडौं । युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको सम्पुर्ण डकुमेन्टेसन सकेको छ। कम्पनीले आगामी जेठ १४ गतेदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्न भएको छ। आज सबै सरकारी काम र डकुमेन्टेसनको काम सकिसकेको हुँदा आगामी आईतबार देखि एकीकृत कारोबार शुभारम्भ गर्न लागिएको मर्जर कमिटिका एक संचालकले जानकारी दिए ।

गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि नै मर्जरको अन्तिम छिनोफानो गर्ने तयारी गरेपनि समयमा नसकिएको कारण कम्पनीको एकीकृत कारोबारको समय राखिएको थियो ।

दुई कम्पनीबीच स्वाप रेसियो १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउनेछन् । मर्जरपछि कम्पनीको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ बन्ने छन् भने सीईओ युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट हाल आइएमई प्रुडेन्सियलमा डेपुटी सिईओ रहेका श्रवण रावल बन्नेछन् ।

मर्जरअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सिईओको रुपमा कार्यरत थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*