नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (जेठ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।
नेशनल लाइफको ३५औं वार्षिक साधारण सभा यहि जेठ २२ गते बस्दैछ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश रहेको छ ।
साथै सभामार्फत गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयब्यय तथा नगद प्रवाह सम्बन्धी सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।