सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मनहरी शाखा उद्घाटन

९ जेष्ठ २०८०, मंगलवार १३:१५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले जेठ ७ गते मनहरी शाखा उद्घाटन गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेश मान मानन्धर, कार्यवाहक वडा अध्यक्ष नवराज सुवेदी, कम्पनीका चिफ बिजनेश अफिसर सुर्य प्रकाश गुप्ता र क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले संयुक्त रुपमा रिबन काटी मनहरी शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

एरिया प्रबन्धक सुर्य गिरीले संचालन गरेको शाखा उद्घाटनक कार्यक्रममा कम्पनीका कर्मचारी, वडाध्यक्ष तथा अन्य स्थानीय बैंक तथा वित्रीय संस्थाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । जेठ ७ गतेदेखि विस्तार भएको मनहरी शाखा कार्यालयको शाखा प्रमुखको जिम्मेवारी अनु लामाले पाएकी छिन् ।

मनहरीमा नयाँ शाखा विस्तार गरिएकोमा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेशमान मानन्धतर, कार्यवाहक वडाध्यक्ष मनहरी–७ का नवराजी सुवेदी, हिमालयन लाइफ इन्स्योरेन्स मनहरी शाखा प्रमुख रुपक घिमिरे र एनआइसी एशिया बैंकका प्रशान्त सुवेदीले शुभकामना व्यक्त गरे ।

उक्त शाखा कार्यालयबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण कार्यहरु हुने कम्पनीले जनाएको छ । उत्कृष्टताको लागि निरन्तर प्रयास र बीमितहरुसँगको सम्बन्धलाई बलियो बनाउन उक्त शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति मानन्धर, वडाध्यक्ष नवराज सुवेदी, कम्पनीका चिफ बिजनेश अफिसर सुर्य प्रकाश गुप्ता, क्षेत्रीय प्रबन्धक, नारायणगढ क्षेत्र मदन बहादुर गाहा, एरिया प्रबन्धक सुर्य गिरी, एनएलजी इन्स्योरेन्स, मनहरी शाखाका प्रमुख सन्तोष सुवेदी, टाँडी शाखाका एमडीआरटी कल्पना विष्ट, चिफ एजेन्सी म्यानेजर देवराज रुम्वा, इलाका प्रहरी कार्यालय मनहरीका मान बहादुर कुमाल, एनआइसी एशिया बैंक मनहरीका प्रशान्त सुवेदी, हिमालयन लाइफ इन्स्योरेन्स मनहरी शाखाका प्रमुख रुपक घिमिरे तथा अन्य स्थानीय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*