लघुवित्त सेवा बन्द भएमा विपन्न वर्गको वित्तीय गतिविधि ठप्प हुन्छ: प्रबन्ध संचालक प्रसाई
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वित्तीय साक्षरता अभियान अन्तर्गत सोमबार डुम्रे शाखामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
लघुवित्त साक्षरता अभियान एवम् सुविधा वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले द्धन्दकाल देखि दुरदराजमा राज्यको अनुभुति दिलाउदै विपन्न दुखीहरुको सहारा वन्दै आएको लघुवित्तको वारेमा वर्तमानमा आएर विभिन्न भ्रम र आरोपहरु थोपारिएको भन्दै लघुवित्तले कहिल्यै पनि विपन्न र असहाय जनताको नाममा गलत कार्य नगर्ने बताए ।
प्रसाइले लघुवित्तले राज्यका हरेक विकास निर्माण कार्यमा समेत जनसहभागिता वृद्धि गर्न टेवा पु¥याएको भन्दै यस क्षेत्रको योगदानको वारेमा सरकार, राजनीतिक दल र मिडियाले समेत वुझ्न नसकेको बताए । साथै उनले एउटा गरिवको घरदैलोमा पुगी चेतना अभिवृद्धि गरी स–सानो रकम वचतको रुपमा संकलन गरी विनाधितो लाखौं कर्जा लगानी गर्दै आएको वताउदै सरकारले ल्याएको कुनै पनि सहुलियत कर्जामा गरिव महिलाको पँहुच पुग्न नसकेको बताए । उनले लघुवित्त सेवा वन्द भएमा यो देशको परिवार तहको वित्तीय गतिविधी नै थप्प हुने बताए । विपन्न परिवारलाई दलहरुले भोट वैंकको रुपमा प्रयोग गरेको तर उनीहरुकोे मतको कदर नगरेको भन्दै अव राजनीतिले पनि आँफूलाई परिवर्तन गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा संस्थाका सहायक प्रवन्धक उत्तम प्रसाद अधिकारी, एचआर अधिकृत इश्वरी प्रसाद शर्मा, लेखनाथ शाखाका शाखा प्रवन्धक सुवास भण्डारी, केन्द्र नं. १ का प्रमुख सरिता वि.क लगायतले आफ्नो धारणा राखेका थिए ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था डुम्रे शाखाका शाखा प्रवन्धक सुगत पौडेलको अध्यक्षता एवम् वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालको स्वागतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका सहायक प्रवन्धक सुस्मा प्रसाईले गरेकी थिइन् ।