रियलमीले नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै
काठमाडौं । विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको छ ।
प्रयोगकर्ताहरूलाई सुपथ मूल्यमा नवीनतम प्रविधियुक्त एवम् फ्ल्यागशिप फिचर भएका स्मार्टफोन उपलब्ध गराउँदै आएकोले रियलमी नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक हुन सफल भएको छ । आन्तरिक श्रोतको अनुसार रियलमीले सन् २०२२ मा गरेको कुल बिक्रीको अनुपातमा जम्मा १.०१% सेटहरु मात्र मर्मतको लागि आएका थिए, जसले रियलमीका स्मार्टफोनहरुको गुणस्तरतालाई प्रमाणित गरेको छ ।
२०२२ मा रियलमीको रियलमी जीटी २ प्रो, रियलमी जीटी नियो ३, रियलमी सी ३५, रियलमी सी ३३, रियलमी सी ३१, रियलमी सी ३०, रियलमी सी ३० एस, रियलमी ९, रियलमी ९ प्रो, रियलमी ९ प्रो +, रियलमी ९आई, रियलमी ९आई ५जी, रियलमी नार्जो ५०आई प्राईम र रियलमी नार्जो ५०ए प्राईम सहित कुल १४ ओटा नयाँ स्मार्टफोन मोडलहरू बजारमा आएका थिए ।
त्यस्तै २०२३ मा रियलमीले तीन नयाँ मोडलहरू रियलमी १० प्रो+ ५जी, रियलमी १० र रियलमी सी ५५ लन्च गरेको छ । यी फोनहरु उपभोक्ताको विविध आवश्यकता र बजेटलाई ध्यानमा राखी डिजाइन गरिएका थिए । यी सबै स्मार्टफोन मोडलहरू ग्राहकहरूले निकै रुचाएका थिए । यसले निरन्तर रूपमा उच्च गुणस्तरका स्मार्टफोनहरू उत्पादन गर्ने रियलमीको प्रतिबद्धतालाई अझै प्रष्ट पारेको छ ।
र यो वर्ष रियलमीले थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दैछ जसले गर्दा झन धेरै उपभोक्ताहरुले भ्यालु फर मनि स्मार्टफोनहरु प्रयोग गर्न पाउनेछन् । वर्षको अन्त्य सम्ममा ग्राहकहरुले रियलमीबाट केही अझै नयाँँ र उत्कृष्ट उत्पादनहरु अपेक्षा गर्न सक्नेछन् ।
आफ्ना ग्राहकहरूले छिटो–छरितो, प्रभावकारी र भरपर्दो सेवा प्राप्त गरुन् भनेर सुनिश्चित गर्नको लागि रियलमीले उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।