अजोड इन्स्योरेन्सको शेयर संरचना परितर्वन
७ जेष्ठ २०८०, आईतवार १३:२५
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पुँजी संरचना परिवर्तनको अभिलेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सले हाल कायम रहेको पुँजी संरचना परिवर्तन गर्नका लागि बोर्डमा वैशाख ३१ गते निवेदन पेश गरेकोमा बोर्डले पुँजी संरचना परिवर्तनको अभिलेख गरेको हो ।
बोर्डमा दर्ता रहेको कम्पनीको कुल एक करोड कित्ता शेयरको पुँजी संरचना संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात क्रमशः ५१ प्रतिशत तथा ४९ प्रतिशत (५१ः४९) हुनेगरी अभिलेख गरिएको हो ।
जसअनुसार अब संस्थापक शेयरधनी समुहको स्वामित्व ५१ लाख कित्ता र सर्वसाधारण शेयरधनी समूहको स्वामित्व ४९ लाख कित्ता शेयर हुनेछ ।