राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा

७ जेष्ठ २०८०, आईतवार ०९:५५

काठमाण्डौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थानको सञ्चालक समितिको बैठकको निर्णयले विशेष साधारणसभा यही जेठ २२ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको रामशाहपथस्थित संस्थानको केन्द्रीय कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुने संस्थानले जनाएको छ ।

सभाले नेपाल बीमा प्राधिकरण (तत्काली बीमा समिति)को २०७८ चैत ११ गतेको निर्देशनबमोजिम तयार गरिएको संस्थानको पुँजी अध्ययन प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानीको हिस्साबापत हकप्रद सेयरमार्फत थप गर्नुपर्ने पुँजी रकम वृद्धि गर्न आह्वान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

संस्थानको आर्थिक वर्ष २०७५–७६को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणलाई नियुक्तिका लागि परामर्श प्राप्त भएकोले उक्त आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तय गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*