नयाँ स्टक एक्सचेञ्ज आउने भएसँगै नेपाल स्टक एक्सचेञ्ज तयारीतर्फ, अर्थमन्त्रालयमा बुझायो पाँच बुँदे प्रतिवेदन

५ जेष्ठ २०८०, शुक्रबार १७:५६

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज ल्याउने बने नेप्सेले पूनर्सरचना सहितको भावी रणनीति सहितको प्रतिवेदन बनाएको हो । नेप्सेले उक्त प्रतिवेदन अर्थमन्त्रालयमा सिफारिसको लागि बुझाएको छ ।

उक्त प्रतिवेदनमा नेप्सेको वास्तविक मूल्यांकन गर्ने, पुँजी वृद्धि गरेर न्यूनतम ३ अर्ब रुपैयाँ पुर्याउने, सर्वसाधारणलाई ३० प्रतिशत शेयर जारी गर्ने, संस्थागत सुशासन राम्रो भएका स्वदेशी संघ संस्था र विदेशी रणनीतिक साझेदार भित्र्याउने उल्लेख छ ।

नेपाल धितोपत्र बोर्डले थप अर्को स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रकृया सुरु गरेपछि नेप्सेले संथागत पुनर्सरचनाको लागि जोड दिन थालेको हो ।
विगत लामो समयदेखि नेप्सेको शेयर संर्वसाधारणलाई बिक्री गर्नेगरी पुनर्सरचना गर्नुपर्ने मागहरु राख्दै आएका थिए । तर सम्बन्धित निकायको ध्यान केन्द्रित हुन सकिरहेको थिएन ।

 

अब आउदै गरेको नयाँ स्टक एक्सचेञ्जले तीन वर्ष भित्रमा सर्वसाधारणलाई शेयर जारी गर्ने व्यवस्था रहेतापनि नेप्से सञ्चालनमा आएको २९ वर्ष भइसक्दा पनि सर्वसाधारणमा शेयर जारी गरिएको छैन ।हाल नेप्सेको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ । नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत, लक्षमी बैंक र प्रभुबैंकको ५–५ प्रतिशत र अन्यको ०.६२ प्रतिशत स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*