बागमती लगायतका अन्य नदी किनारका अतिक्रमित भूमी खाली गराइने सरकारको निर्णय
५ जेष्ठ २०८०, शुक्रबार १७:११
काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायतका नदी किनारमा रहेका वास्तविक विपन्न र भूहीहिनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरि नदी किनारका अतिक्रमित भूमी खाली गराइने निर्णय गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न भूभागमा ठूला शहरको फोहोरमैला व्यवस्थापन गर्न आवश्यक कदम चालिने बताएका छन् ।