एनआइसी एशिया बैंकले खुलायो रोजगारको अवसर
५ जेष्ठ २०८०, शुक्रबार १५:१६
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले वैशाख २६ गतेदेखि १० जना पेड इन्टर्न्स माग गरेको हो ।
बैंकले काठमाडौं उपत्यकाबाट क्युआर सेल्स एण्ड मार्केटिङका लागि १० जना कर्मचारी माग गरेको हो । सो पदका लागि कम्पनीले प्लस टु उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले तुरुन्तै कम्पनीको वेबसाइट https://docs.google.com/forms/d/e/1FAIpQLSe9ZQBzF0R7GCXn5X96dpF6PqyypC3DHJaKXiI3fsE5el7PwQ/viewform मार्फत दरखास्त दिन सक्नेछन् ।