नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न, ६ अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित

५ जेष्ठ २०८०, शुक्रबार १४:२०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत अनमोल बैंङ्क्वेट, शंखमुल काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविन रमण पराजुलीको प्रमुख अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

एजेन्सी म्यानेजरतर्फ प्रथम हुनेमा मिरा केसी, दोस्रोमा चिरञ्जीवी राना मगर जिसी र तृतीय हुनेमा कमला शर्मालाई प्रमाण पत्र हस्तान्तरण गरी सम्मान गरिएको थियो । साथै सिइओ पराजुलीले अभिकर्तातर्फ प्रथम हुने जैसरा शर्मा पंगेनी, दोस्रो हुनेमा शिव शंकर साह र तेस्रो हुने जनक खड्कालाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।

 

May be an image of crowd and dais

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*