राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न

५ जेष्ठ २०८०, शुक्रबार १४:०८

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जेठ २ गतेदेखि जेठ ४ गतेसम्म भएको थियो ।

संस्थानले आफ्ना अभिकर्ताहरुलाई जीवन बीमा सम्बन्धी आधारभूत तालिम प्रदान गरेको हो । उक्त कार्यक्रममा ५० भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
सहभागी अभिकर्ताहरुलाई जीवन बीमा व्यवसाय सम्बन्धी वा बीमा सचेतना सम्बन्धी जानकारीहरु दिइएको थियो ।

साथै उक्त कार्यक्रममा सहभागी भएका अभिकर्ताहरुलाई प्रमाणपत्र दिई सम्मान गरिएको थियो । जेठ २ गते देखि ४ गते सम्म संचालित उक्त कार्यक्रममा उल्लेखनीय रुपमा भावी अभिकर्ताको सहभागिता रहेको थियो ।

बजार व्यस्थापक विभागका प्रमुख दिपा अधिकारीको संयोजकत्वमा संचालित कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

सहायक व्यवस्थापक सुजित प्रसाद शाहले दिएको जानकारी अनुसार अभिकर्ताहरु संस्थानसंग आबद्व हुन् पाउदा खुशी व्यक्त गर्दै उत्साहित भएका थिए । नयाँ इजाजत पत्रको लागि परिक्षाको व्यवस्था भएदेखि अभिकर्ताहरुको मुख्य रोजाई सरकारी कम्पनी हुन् थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*