शेयरबजारमा ३२ अंकको बढोत्तरी, लगानीकर्तामा उत्साह थपिदा साढे एक अर्बको कारोबार

४ जेष्ठ २०८०, बिहीबार १५:१२

काठमाडौं । दुई दिनयता शेयरबजारमा क्रमिक सुधार देखिन थालेको छ । बुधबार २३ अंकले बढेको शेयरबजारमा आज ३२ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ ।

केही महिनायता शेयरबजारमा लगातार गिरावट आएको थियो । जसकारण आम शेयर लगानीकर्ताहरु निराश बन्न पुगेका थिए । लगानीकर्ताहरु निराश बनेसँगै शेयरबजारमा एक अर्बभन्दा मुनिको कारोबारमा सीमित रहेको थियो ।

तर आज शेयरबजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुले धमाधम शेयर खरिदबिक्री गरेका छन् । लगानीकर्ताहरुमा उत्साह थपिँदा आज एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक ट्रेडिङ उपसूचक ३.७१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*