नेपाल टेलिकमको सर्भर ह्याक, अनाधिकृत व्यक्तिले रुट वाईपास गरेको आशंका

३ जेष्ठ २०८०, बुधबार ११:३१

काठमाडौं । सरकारी लगानीको नेपाल टेलिकमको सर्भर ह्याक भएको छ । आज विहानदेखि हजारौं पोष्टपेड मोबाइलमा सञ्चार सम्पर्कमा समस्या उत्पन्न भएको छ । पहिलो पटक नयाँ शैलीको ह्याक भएको टेलिकमकै उच्च अधिकारीले बीमापोष्टसँग स्वीकार गरेका छन् ।

टेलिकमका पोष्टपेड सिमकार्डमा कल लाग्ने तर दुवै पक्षबाट कनेक्सन हुने वित्तिकै ‘माफ गर्नुहोला तपाईको मोबाईलको स्वीच अफ गरिएको छ’ भन्ने सन्देश आइरहेको छ । उक्त समस्या आएपछि कैयौं प्रयोगकर्ताहरु मोबाइल बिग्रिएको भन्दै मोबाइल कम्पनीको सर्भि सेन्टरमा पुगेका छन् । काठमाडौंका एक प्रयोगकर्ताले गरेको गुनासो अनुसार विहानैदेखि मोबाइल बिग्रेपछि सर्भिस सेन्टरमा पुगेपछि मात्रै टेलिकमको समस्या भएको जानकारी पाएर फर्किएको बताए ।’
कुन कुन क्षेत्रको मोबाइलमा यस्तो समस्या आएको हो भन्ने खुल्न सकेको छैन । हाल काठमाडौं उपत्यकामा मोबाइल यस्तो समस्या देखिएको छ ।

ह्याकरहरुले टेलिकमको सर्भरमा छिरेर पोष्टपेड मोबाइलको रुट वाईपास गरेको आशंका गरिएको छ । कनेक्सन हुनुपर्ने रुटलाई वाईपास गरी ‘कल इन्ड’ रुटमा लिङ्क गरिएको छ । साथै मोबाईलको स्वीच अफ गरिएको ध्वनीसँग समेत लिङ्क गरिएको छ । कनेक्सन अघिसम्म सामान्य रहेको टेलिकमको सर्भरमा कनेक्सनपछि स्वीच अफ मोडमा लगिएको छ । आईटीका जानकारहरुका अनुसार ह्याकरले सर्भरमा छुट्टै गेटवे नै खडा गर्न भ्याएका छन् ।

सरकारी लगानीको नेपाल टेलिकमको सर्भर ह्याक गरी डाटार चोरी गर्ने निजि सेवा प्रदायक एनसेलसँग मिलेर समय समयमा नेटवर्क डिस्टर्व गर्ने कार्य नौलो होइन । यसअघि पनि पटक पटक समस्या आएको टेलिकमका उच्च अधिकारी नै निजि सेवा प्रदायक एनसेलसँग मिलेमतो गर्ने गरेको आरोप पटक पटक लाग्दै आएपनि कुनै कारवाही भएको छैन । सर्भरजस्तो संवेदनशिल सम्पत्ति र जनताको गोप्य रहनुपर्ने ठाउँमा कसरी ह्याकरहरु छिरेर छुट्टै गेटवे बनाउन सफल भए यसको छानविन विगतमा कहिल्यै नभएकोले यस पटक पनि होला भनेर आशा गर्नै सकिने अवस्था छैन । उता, नेपाल टेलिकमले सो सम्बन्धमा केही बताउन चाहेन । नेपाल टेलिकमका सिईओ सुनिल पौडेलसँग जिज्ञाशा राख्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

Update:12:00pm

नेपाल टेलिकमका प्रबक्ता परमात्मा भट्टराईले आज विहान समस्या आएको स्वीकार गर्दै हाल उक्त समस्या हल भइसकेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*