एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
२ जेष्ठ २०८०, मंगलवार १५:१२
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार भिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको शेयर बजार आज ३.२९ को अंकले बढेर १८२१ को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजार झिनो अंकले बढेतापनि माइ खोला हाइड्रोपावरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यसका साथै, आज एनआइबिएल ग्रोथ फण्ड, इष्टर्न हाइड्रोपावर, मानुसी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।