यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२७ बैशाख २०८०, बुधबार १५:०२
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ ।
आज शेयरबजारमा जम्मा ५८ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ३ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड ५२ लाख, शिवम् सिमेन्ट्सको ३ करोड २८ लाख, नेपाल टेलिकमको २ करोड ५६ लाख र एभरेष्ट बैंकको १ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।