बीमा कम्पनीहरुले व्यवसायको पुरानो परम्परागत शैली छोडेर नयाँ शैली विकास गर्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा व्यवसायको पुरानो परम्परागत शैली छोडेर नयाँ शैली विकासमा जोड दिनुपर्ने अबका आवश्यकता रहेको बताएका छन् ।आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको संयुक्त मर्जर कार्यक्रममा बोल्दै उले परम्परागत व्यवसायलाई छोडेर नयाँ शैली अपनाउनुपर्ने बताएका छन् ।
पुरानो परम्परागत पोलिसीले अब बीमा बजारमा व्यवसाय विस्तारमा सहयोग नगर्ने भन्दै समय अनुसार बीमा पोलिसी परिमार्जन गर्दै लानुपर्ने कुरामा जोड दिन बीमा कम्पनीहरुलाई सुझाव दिएका थिए।हाल नेपालमा १८ प्रतिशतसम्म मात्रै परम्परागत बीमा हुने गरेको छ। बाँकि सरकारले गराएको अनिवार्य बीमामार्फत २६ प्रतिशतले बीमा बजारमा धानेको छ। यसरी परम्परागत शैलीमै बीमा गराउने हो भने १८ प्रतिशत भन्दा बढीमा बीमाको पहुँच पुग्दैन । उनले भने ।
नयाँ नयाँ पोलिसीको विषयमा अध्ययन गरेर बीमा कम्पनीहरुले सोहि अनुरुप बीमा योजना ल्याउनु अबको आवश्यकता रहेको उनले अध्यक्ष सिलवालले बताए ।नेपालमा बीमाको पहुँच यति तहसम्म आइपुग्नुमा सरकारले बाध्यात्मक बनाएका कतिपय पोलिसीले गर्दा नै भएको भन्दै उनले अझै पनि सरकारले बीमालाई प्राथमिकताका साथ सोच्नु पर्ने बताएका छन् ।
बीमा कम्पनीहरुको सफलता र असफलता बीमा प्राधिकरणसँग जोडिएको भन्दै भोलिको दिनमा मर्जर भएका कम्पनीहरु अन्य कम्पनीहरुको तुलनामा फरक हुन सकेन भने मर्जर के का लागि भन्दै नियामकलाई प्रश्न आउने भन्दै यसतर्फ बिशेष ध्यान दिन कम्पनीलाई सुझाव दिएका थिए ।राज्यले मौद्रिक नीतिमा बीमालाई पछाडि राखेर अर्थतन्त्र माथि नजाने भन्दै आरोप लगाएका छन् ।
अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमा तीन कम्पनीको मर्जर ऐतिहासिक रुपमा नै ठूलो सफल मर्जर भएको बताएका छन् । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणको पनि एउटा ठूलो सफलता भएको भन्दै आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्सको संयुक्त मर्जर कार्यक्रममा खुसी व्यक्त गरेका थिए ।
त्यस्तै, कम्पनीले मर्जरमा कर्मचारीहरुको खाईपाई आएको सेवा सुविधामा ह्रास आउन नदिन कम्पनीहरुले त्यसै अनुरुप काम गर्न समेत सुझाव दिएका थिए ।