बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२७ बैशाख २०८०, बुधबार १०:४८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ । कारोबारको अघिल्लो दिन छापाबाला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भैरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आज नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १ हजार ४४५ रुपैयाँले कारोबार भईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*