नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्थगित ! अर्थमन्त्रीले दवाव थेग्न सकेनन्

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको नाममा अत्याधिक घुस सेटिङ भई सरकार र आफ्नो समेत इमान इज्जत जाने भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अघि नबढाउने पक्षमा पुगेका छन् । विश्वस्त स्रोतका अनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लगभग स्थगित हुने भएको छ । पछिल्लो साता विकास भएको घटनाक्रममा फेरबदल भएन भने हाल अन्तिम चरणमा रहेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकिने छ ।
बीमापोष्टलाई प्राप्त जानकारी अनुसार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल समेत नयाँ लाइसेन्सका कारण निकै तनावमा परेका छन् । अर्थमन्त्री डा. महतलाई समेत नयाँ स्टक एक्सचेन्जको लाइसेन्सले निकै तनाव दिएको बताइन्छ । यसै साताको सुरुमा अर्थमन्त्री भेट्न पुगेको नेपाल स्टक एक्सचेन्जका अध्यक्ष रमेश हमालले चार घण्टा कुर्दा समेत भेट नदिएपछि रित्तै फर्र्किएका थिए । पछिल्लो समय नयाँ स्टक एक्सचेन्जमा हमालले अर्बभन्दा बढि घुस रकम सेटिङ गरेपछि अर्थमन्त्री समेत तनावमा परेका छन् । प्रतिनिधिसभामा समेत चर्को विरोध भएको नेपाल स्टक एक्सचेन्जको नयाँ लाइसेन्स घोटाला काण्डमा धितोपत्र बोर्डका अध्यक्ष हमाल, पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा समेतको नाममा छानविन हुनुपर्ने माग उठिरहेको छ ।
नक्कली भुटानी शरणार्थी खडा गरेर करोडौं रुपैयाँ लेनदेनमा आरजु राणा समेत छानविनमा परेपछि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकिएको एकाथरीको बुझाई छ । पुरानो काण्डमा मुख्य योजनाकार नै छानविनमा पर्न लागेकोले तत्कालका लागि पर सार्नुपर्ने हमालकै टिमभित्रबाट सुझाव आएको बुझिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समेत नयाँ स्टक एक्सचेन्जमा अर्बौ रुपैयाँ घुस सेटिङ भएको भन्दै संसदबाट र बाहिरबाट समेत विरोध जनाउँदै आएको छ ।
स्मरणरहोस्, बीमापोष्टले नयाँ स्टक एक्सचेन्जमा हमालले अर्बौ रुपैयाँ घोटाला गर्न लागेको भन्दै लगातार समाचार प्रकाशित गर्दै आएको थियो भने आफै अर्बपति हमाल ७७ हजार रुपैयाँ तलव खाएर अर्बौ रुपैयाँको सेटिङमा भरिया बनेको सम्बन्धी समाचार पनि प्रकाशित गरेको थियो ।
नयाँ स्टक एक्सचेन्जको लाईसेन्स लिन माफियाको समुह सक्रिय, अध्यक्ष हमाललाई फसाउने तयारी
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचारमा छानविन गर्न सांसदको माग
Timi harule commission payenau hola tehi bhayera royeko ho ???
Kaam garera commission khawos nata
Naya exchange kunai pani halatma chahinchha
Nepse ka sanchalak haruko ghamanda todnai parchha