हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालले लिए पद तथा गोपनियताको शपथ

२६ बैशाख २०८०, मंगलवार १४:०६

काठमाडौं । हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालले शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

युनियन, प्राइम र गुराँस लाइफले आजदेखि मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार शुभारम्भ गर्नेछ । मर्जर सँगै बनेको नयाँ कम्पनीका अध्यक्ष अग्रवालले शपथ ग्रहण लिएका हुन् । उनि साविक युनियन लाइफका अध्यक्ष हुन् ।
त्यस्तै, साविकको प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा, गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीको कम्पनी सचिव इश्वर कुमार सेढाइले नियुक्त भएका छन् । कम्पनीको सिईओको जिम्मेवारी मनोजलाल कर्ण हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*