प्राइम लाइफ इन्स्योरेन्सका सिईओ निर्मल दाहालद्धारा राजिनामा
२६ बैशाख २०८०, मंगलवार ११:२१
काठमाडौं । आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको प्राईम लाइफ इन्स्योरेन्सका सिईओ निर्मल दाहालले राजिनामा दिएका छन् । आजदेखि युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफले एकिकृत कारोबार शुभारम्भ गर्दै हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार संचालन गर्दैछ ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल बन्नेछन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोजलाल कर्ण बन्नेछन् ।