आजदेखि प्राइम–युनियन–गुराँस लाइफ मिलेर हिमालयन लाइफको नामबाट एकीकृत कारोबार सुरु हुँदै, वित्तीय क्षेत्रकै ऐतिहासिक मर्जर

२६ बैशाख २०८०, मंगलवार ०७:४६

काठमाडौं । नेपाली वित्तीय क्षेत्रमै ऐतिहासिक मर्जर गरेको यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका बीचमा आज मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु हुँदैछ । नेपालको इतिहासमा आजसम्म तीन वटा संस्था एकै पटक मर्जरमा गएका छैनन् ।

२०७९ बैशाख २९ गते बिहिवार आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका तीन वटा कम्पनीले आज एक वर्ष पुग्न तीन दिन बाँकी रहँदा एकीकृत कारोबार शुभारम्भ गर्न सफल भएका छन् । आज विहान नेपाल बीमा प्राधिकरणमा सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले शपथ लिएपछि औपचारिक रुपमा बीमा पोलिसी जारी गरी आजैबाट एकीकृत कारोबार शुभारम्भ हुनेछ । औपचारिक कार्यक्रम भने अपरान्ह ५ः३० बजेको लागि राखिएको छ ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भई नयाँ जीवन बीमा कम्पनीको रुपमा हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । तीन वटै कम्पनीभन्दा फरक नाम राख्न हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी छनौट गरिएको हो । हिमालयन लाइफ इन्स्योरेन्स सात अर्ब ७० करोड चुक्ता पुँजि भएको शक्तिशाली जीवन बीमा कम्पनीको रुपमा कारोबार गर्नेछ ।

प्रारम्भिक सम्झौता, २०७९ बैशाख २९

तीन कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए । यूनियन र प्राइमको बैशाख ६ गते सम्पन्न विशेष साधारणसभाबाट र गुराँस लाइफको पनि बैशाख ६ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट यी तिनै कम्पनीले मर्जर सम्झौता सम्बन्धी अन्तिम सम्झौतालाई अनुमोदन गर्दै पारित गरेका थिए । नयाँ बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई बैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

नयाँ बनेको हिमालयन लाइफमा मनोजलाल कर्ण सिईओ बनेका छन् भने अध्यक्ष सुलभ अग्रवालले सम्हाल्नेछन् । नयाँ हिमालयन लाइफको केन्द्रीय कार्यालय हात्तिसारस्थित प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको भवनमा हुनेछ ।

प्रारम्भिक सम्झौता, २०७९ बैशाख २९

तीन वटै कम्पनीले १ः१ः१ स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन् । तर, प्राइम लाइफका शेयर लगानीकर्ताहरुलाई अलि बढि अन्याय भयो कि भन्ने गुनासोहरु पनि बजारमा सुनिएको छ । तर, साधारणसभामा कोही पनि नबोलेकोले त्यस्तो प्रकारको असन्तुष्टिको कुनै अर्थ हुने छैन ।

ऐतिहासिक रुपमा आपसमा युनियन लाइफ सबैभन्दा नयाँ कम्पनी हो । सो कम्पनीले २०७४ सालदेखि मात्रै सञ्चालनमा आएको कम्पनी हो । प्राइम लाइफ र गुराँस लाइफ २०६४ सालदेखि संचालित पुरानो कम्पनी हो ।

हाल प्राइम लाइफको चुक्ता पुँजि तीन अर्ब १४ करोड रुपैयाँ रहेका छ भने युनियनको चुक्ता पूँजी २ अर्ब ३३ करोड रुपैयाँ र गुराँसको २ अर्ब २३ करोड रुपैयाँसहित कूल सात अर्ब ७० करोड रुपैयाँको नयाँ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बन्नेछ ।

प्रारम्भिक सम्झौता, २०७९ बैशाख २९

 

One thought on “आजदेखि प्राइम–युनियन–गुराँस लाइफ मिलेर हिमालयन लाइफको नामबाट एकीकृत कारोबार सुरु हुँदै, वित्तीय क्षेत्रकै ऐतिहासिक मर्जर

  1. Chandra Kumari Adhikari Pokhrel says:

    K pratikriya dinu r khai balance nikalna khojyo aafnai Paisa pauna garo rahex

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*